Banner News

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुदै



काठमाडौँ, २० बैशाख । सरकारले आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम आज शुक्रबार संघीय संसद्मा सार्वजनिक गर्ने भएको छ ।

आज दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्था छ । यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो ।

नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ ।