डडेल्धुरा, २० बैशाख । डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार अमरगढी–१ दह (भेटा) का १८ वर्षीय तेजबहादुर ऐरले बोकेको काँचो काठले बिजुलीको तारमा छुँदा उनको करेन्ट लागेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले विद्युत् प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक करिब १० घण्टा सडक अवरुद्ध गरेका छन् । प्रदर्शनपछि पीडित पक्ष र विद्युत् प्राधिकरण वितरण केन्द्र, डडेल्धुराबीच क्षतिपूर्ति दिने सहमति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्