सिरहा, २० वैशाख । सिरहाबाट हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राति भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल, सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले यादवको साथवाट उक्त पेस्तोल र पेस्तोलको खाली खोका फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्