समाचार

स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



झापा, २१ बैशाख । झापाको बुद्धशान्ती गाउँपालिका–४ जोरलाभरमा शुक्रबार स्कुल बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार कर्णाली उच्च माध्यमिक बोर्डिङ स्कुलको मे १ ख १८१९ नम्बरको बसले ठक्कर दिँदा ४१ वर्षीय राजेन्द्र जबेगुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।