अर्थ

एनएमबी बैंकमा चोरीको प्रयास : सुरक्षागार्ड घाइते



ललितपुर, २१ बैशाख । ललितपुरको कुमारिपाटीमा रहेको एनएमबी बैंकमा चोरीको प्रयास भएको छ ।

राति ३ बजे सोलारको पोलमा चढेर बैंकको सिसा फुटाएर चोर भित्र पसेको थियो । सुरक्षा गार्डले गार्डले थाहा पाएपछि गार्डलाई नै आक्रमण गरेर चोर फरार रहेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट घाइते भएका गार्ड गोपाल राइको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चोरको बारेमा पहिचान हुन नसकेको र सिसिटिभीमा देखिएको फुटेजको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।