राजनीति

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने



काठमाडौँ, २१ बैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुने एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ  ।

पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अड्किएको थियो ।

नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।