Banner News

सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोज्यो : सभापति देउवा



काठमाडौँ, २२ बैशाख । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजा महाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको सभापति देउवाको आरोप रहेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भन्ने शब्दावली प्रयोग गर्नु सैद्धान्तिक रुपमा गल्ती भएको सभापति देउवाले बताउनुभयो ।

सभापति देउवाले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दाको संज्ञा दिएको छ । स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा राजकीय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको दावी गुर्नभयो । उहाँले भन्नुभयो, ‘साधन स्रोत बिनाको एउटा पुलिन्दा, जसले सपना बाँड्न सक्छ तर, यथार्थ रुपमा आम नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न सक्दैन । नीति र कार्यक्रमको आधारशीला नै कमजोर छ । यसको सोचाई र दृष्टिकोणहरु नै कमजोर छन् । यसको प्रस्तुती करण नै पुराण जस्तो छ ।’