काठमाडौँ, २२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपत्यकाका तीन जिल्ला कमिटीद्वारा आगामी जेष्ठ १ गते युवा स्थापना दिवशलाई भव्य र सब्य बनाउन कुनै पनि कसर बाँकी नराख्न युवा तथा विद्यार्थी संगठनलाई निर्देशन दिएको छ ।
सत्तारुढ दल नेकपाको युवा संगठन युवा संघ नेपालको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले देशभरका युवा तथा विद्यार्थीहरु एक ढिक्का भई आ–आफ्नो तर्फबाट गाउँ गाउँ वस्ती वस्तीमा युवा स्थापना दिवशको जागरण अभियान गरी ऐतिहासिक बनाउनुपर्ने बताएको छ ।
देशलाई परिवर्तनको वर्तमान अवस्थासम्म ल्याई पुर्याउने कार्यमा मूख्य भूमिका निर्वाह युवाले गरेको बताउँदै उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सम्पूर्ण युवाहरु आजदेखि जेष्ठ १ गते सम्म अहोरात्र सगंठनको काममा लागि स्थापना दिवश घनिभुत रुपमा सम्पन्न गराउन निर्देशन दिएको हो । युवा संगठनका तीन जिल्ला कमिटी मातहतमा रहेका अन्य कमिटीहरुलाई तन-मन दिएर लाग्न निर्देशन दिएको छ।
काठमाडौँ जिल्लाका सचिव तथा केन्द्रीय सदस्य हिमाल शर्मा, ललितपुर जिल्लाका कमिटी अध्यक्ष हरिकृष्ण व्यन्जनकार, भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, युवा संघ अध्यक्ष समेश पौडेल तथा अन्य युवाहरु सहितको बैठकमा पार्टीको मातहतमा रहेका सम्पूर्ण जनवर्गिय संगठनहरुलाई जेष्ठ १ गतेको मिसन बनाई लाग्न निर्देशन दिएको हो ।
उक्त छलफलले नेकपाको एकिकरण पश्चात युवाहरुको ऐतिहासिक स्थापना दिवश मनाइन लागेको भन्दै मिसनमा नलाग्ने कार्यकर्तालाई सक्रियताको आधारमा मूल्याङ्कन गरी आगामी दिनमा अघि बढ्ने समेत आग्रह गरेको छ ।
बैठकले युवा स्थापना दिवशलाई कुनै गुट र उपगुट हुनु नहुने भन्दै त्यस्तो भएको पाइएमा गुट र उपगुट गर्नेमाथि पार्टीले तत्काल कारवाही गर्ने समेत चेतावनी दिएको छ । अवको लक्ष्य भनेको समृद्ध नेपाल सुखी नेपालीको अभियान भएको बताउँदै गुट र उपगुट सधैको लागि अन्त्य गरेर जानुपर्नेमा जोड दिइएको छ ।
स्थापना दिवशलाई भव्य बनाउन बनाइएको मुल आयोजक कमिटी युवाहरुलाई कार्य विभाजन गरी सक्रिय युवाहरुलाई जिम्मेवारी दिन समेत निर्देशन दिएको छ । जिम्मेवारी पाएका तथा युवाका कुनै पनि कमिटीमा आवद्ध सम्पूर्ण देशभरका युवाहरु आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका कार्यहरुमा तदारुपताका साथ देश, पार्टी, संगठन तथा जनतको पक्षमा युवाहरुको अग्रगामी भूमिका प्रस्तुत गर्न समेत आग्रह गरेको छ ।
त्यसै गरी अनेरास्ववियूले युवा स्थापना दिवशलाई ऐतिहासिक बनाउन आफ्ना मातहतका सम्पूर्ण कमिटीलाई आजै देखि सक्रियतापूर्वक लाग्नलाई निर्देशन दिएको छ । त्यस्तै स्थापना दिवश संयुक्त रुपमा गर्ने समेत निर्णय गरेको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवहाक अध्यक्ष रश्मी आर्चायद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्ती उक्त कुरा उल्लेख गरिएको छ ।
काठमाडौँको राष्ट्रिय सभा गृहमा आगामी जेष्ठ १ गते ११ बजे नकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड तथा पार्टीको विशिष्ठ व्यक्तिहरुले सम्बोधन गर्दै भव्य रुपमा स्थापना दिवश सम्पन्न गराईने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्