समाचार

६ दिने योग विज्ञान शिवीर सम्पन्न



काठमाडौँ, २२ बैशाख । एकिकृत उपभोक्ता संघ तिनकुने तथा ट्रिटन योग समिति सुविधानगर तिनकुनेको संयुक्त आयोजनामा बैशाख १५ देखि २० सम्म ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल हातामा आयोजित निशुल्क योग विज्ञान शिवीर सम्पन्न भएको छ ।

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधिश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरुले ६ दिने निशुल्क योग शिवीरले योग र विज्ञानको महत्व सिकाएको बताए ।

समापन कार्यक्रममा ट्रिटन इन्टरनेशनल कलेजका सहप्राचार्य श्रीकृष्ण विष्ट, ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदी, पतञ्जली योग समिति नेपालका प्रदेश सल्लाहकारहरु मोहनमान श्रेष्ठ,नरेन्द्र खडका, राजन खडका, शान्ति महतो, प्रमुख सल्लाहकार विष्णु ताम्राकार, महामन्त्री दलबहादुर थापा, संगठन मन्त्री सुर्यमणी मिश्र, जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल, युवा अध्यक्ष केदार बस्ताकोटी, महिला अध्यक्ष कैलाश प्रधान र नगर प्रमुख मोहन ढुंगेलका साथै काठमाडौं महानगरको ३२ वडा सदस्य हिरादेवी पोखरेलले योग र विज्ञानको महत्वबारे प्रकाश पारेका थिए ।

एकिकृत उपभोक्ता संघका पुर्वअध्यक्ष पदम नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार बलराम प्यासी, एकिकृत उपभोक्ता संघका अध्यक्ष मदन शिवाकोटी र सामुदायीक विकास समितिकी अध्यक्ष सुमित्रा खरेललगायतको सहभागिता थियो ।