काठमाडौँ, २२ बैशाख । सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी वेबसाइट खुल्न छाडेका छन् ।
सर्भर जीओभीडट्नएनपी डाउन भएपछि देशभरका अधिकांश सरकारी कार्यालयका साइट बन्द भएका हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रकाका अनुसार सरकारी साइट भिजिट गर्नेको संख्या उच्च हुँदा सर्भर डाउन भएको हुनसक्ने जनाएको छ ।
सरकारी सर्भर बन्द हुँदा सरकारी कार्यालयबाट प्रदान हुने सेवा समेत प्रभावित भएको छ । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।










प्रतिक्रिया दिनुहोस्