रोचक

तीनवटा आँखा भएको सर्प भेटियो



एजेन्सी, तीनवटा आँखा भएको सर्प अस्ट्रेलियामा भेटिएको छ । उत्तर अस्ट्रेलियाको राजमार्गमा तीनवटा आँखा भएको अजिंगर सर्प भेटिएको हो ।

अस्ट्रेलियाको नर्थन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिसले यस सर्पबारे जानकारी दिएको हो । यस सर्पको दुई आँखा प्राकृतिक रुपकै छन् । अर्को आँखा भने टाउकोमाथि छ ।

१५ इन्च लामो यस सर्प कमजोर भएको बताइएको छ । एक आँखामाथि भएकाले यस सर्पले आँखा बचाउने प्रयास गरिरहन्छ । वैज्ञानिकहरुले तीनवटा आँखा भएको सर्प पहिलोपटक देखिएको बताएका छन् ।