राजनीति

बाबुराम र उपेन्द्रको नयाँ पार्टी ‘समाजवादी पार्टी, नेपाल’को घोषणा हुँदै



काठमाडौँ, २३ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज औपचारिक रुपमा समाजवादी पार्टी नेपाल’को घोषणा हुँदै छ ।

फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै आज नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष एक कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा पार्टी एकता घोषणा गर्ने जनाएका हुन् ।

नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिएको छ भने डाक्टर भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने छन् । संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको हो । पार्टीभित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहनेछन् ।

संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ स‌ांसद छन् ।