विश्व

भारतमा पाँचौं चरणको मतदान शुरु



नयाँदिल्ली, २३ बैशाख । भारतको लोकसभाका लागि आज पाँचौं चरणको मतदान शुरु भएको छ ।

चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ ।

जम्मू काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान जारी छ । यस चरणमा कूल ६ सय ७४ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणमा करिब नौ करोड मतदाताले मतदान गर्नेछन् ।