काठमाडौँ, २३ बैशाख । राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले आफुहरुलाई मधेसी भनेर विभेद गर्ने अहिलेसम्म नहटेको बताएका छन ।
सोमबार नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै नेता ठाकुरले समानताको कुरा गर्ने नेताहरुले नै पहाडी र मधेसीबीच विभेद गरेको आरोप लगाएका छन ।
उनले भने, ‘पहाडी परिवारमा जन्मिएको भए सायद मेरो पनि भाग्य हुन्थ्यो, नेपाली भन्ने सौभाग्य प्राप्त हुन्थ्यो, ‘तर मधेसी परिवारमा जन्मिएको हुँ, मधेसी भन्नुहुन्छ, अहिलेसम्म त्यो विभेद हटेको छैन ।’
उनले थपे ‘नागरिकताको सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ । यदि लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सिमा को बसेको हुन्छ ? गृहमन्त्रालयमा को बसेको छ र? त्यहाँ पनि इन्डियनहरु नै हो र ? नागरिकता दिने पनि इन्डियनहरु हो ? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैन ? ’‘नागरिकताको कुरा सुन्नासाथ हाम्रो त दम घुट्छ, सास लिने अवस्था हुँदैन । आफ्नै घरमा, आफ्नै खेत र खलियानमा हामीले विदेशीको पीडा भोग्नु परिरहेको छ । कृपया यस किसिमको प्रश्न उठाउँदा पुरानो माइन्डसेटलाई तोड्नुपर्छ ।’
उनले कार्यक्रममा बोल्दै भने, “यहाँ मधेसीलाई पोसाक र अनुहार हेरेर व्याबहार गरिन्छ । भाषा शैली हेरेर व्यबहार गर्ने अनि विभिधता पुर्ण देश हो भन्ने रु के आधारमा संविधान लेखिएको हो ? लेखिएको कुरा कागजमा मात्र सिमीत गरेर हुन्छ ? ”
उनले थपे, “यहाँ न्याय माग्न जादा गोली खानुपर्ने कुन लोकतन्त्र हो यो ? के मधेसी भएकै कारण हामीले न्याय नपाएको हो ? यदि होइन भने कञ्चनपुरकी बालिका निर्मला पन्तले किन न्याय पाइनन् ?”










प्रतिक्रिया दिनुहोस्