रुपन्देही, २५ बैशाख । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुधबार बिहान तिलोत्तमा नगरपालिका–१२ बरमेली टोलमा लु १८ प ३९५६ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा अन्दाजी ४० बर्षीय पुरुषको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
प्रहरीका अनुसार, घाइते भएका उनको उपचारको लागी क्रिमशन अस्पताल मणीग्राम पुर्याउनसाथ चिकित्सकले मृत्त घोषणा गरेको जनाएको छ । मृतकको नाम, थर वतन खुल्न सकेको छैन ।
उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्