लहान, २५ बैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहामा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुकी मिर्चैया नगरपालिका–२ मल्हनियाँचोकमा बिग्रिएर राखेको नेपाली सेनाको बा १ ग २४६२ नम्बरको ट्रकमा स ६ प ८०१३ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका–५ का २७ वर्षीय सागर कुमार जयसवालको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्