काठमाडौँ, २६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यबिभाजन र जनसंगठन एकताको अन्तिम टुंगोमा पुगेको खुलासा गर्दै अवको एक दुई दिनभित्रै पत्रकारहरुले जनसंगठनको एकताको समाचारलेख्न पाउने बताउनुभएको छ ।
तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले अध्यक्ष प्रचण्डले अव केही दिनभित्रै एकताको सवै पाटो टुंगो लाग्ने जानकारी पनि दिनुभएको छ ।
उहाँले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापी रुपमा बढेको बताउँदै भन्नुभयो, ‘पार्टीमा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको छ । हामी पनि यही पार्टीमा जोडिन चाहन्छौँ भनेर देशभरबाट खबर आइरहेका छन । केही दिनमा ठूला, साना कम्युनिष्ट पार्टी नेकपामा जोडिन आउनेछन् । पार्टीलाई अझ पूर्णता बनाउने हो ।’
अध्यक्ष प्रचण्डले पार्टी एकता देखेर के गरेर बिथोल्न सकिन्छ र के गरेर नेताबीच कचिङ्गल गर्न सकिन्छ भनेर प्रयास भइरहेको भन्दै ती प्रतिक्रियावादीका भ्रमलाई परास्त गदै पार्टी एकतालाई अगाडि बढाइने बताउनुभयो ।
उहाँले विगतको अनुभवको समीक्षासहित जनताको चाहना तथा उत्साह हुने गरी नीति तथा कार्यक्रममा समेटिएका कुरालाई आधार बनाएर बजेट बनाइने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्