रामेछाप, २६ बैशाख । मन्थली नगरपालिका –९ पुरानागाउँको अँगेरीपानीबाट खुरबेशी जाँदै गरेको बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा मन्थली नगरपालिकाका पुरानागाउँका ११ वर्षीय बालक चोककुमार श्रेष्ठ र खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कच्ची सडक र तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।










प्रतिक्रिया दिनुहोस्