Banner News

६ दिने भ्रमणका लागी प्रधानमन्त्री ओली भियतनाम प्रस्थान



काठमाडौँ, २६ बैशाख । ६ दिने भ्रमणका लागी प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम साथै कम्बोडिया प्रस्थान गरेका छन् ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू र  उच्च पदस्त व्यक्तिहरूले बिदाइ गरेका  छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली भियतनाममा ३० गतेसम्म व्यस्त रहनेछन् र ३० गते नै कम्बोडिया लाग्नेछन् । त्यहाँ उनले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम छ ।

दुबै देशको भ्रमणमा रहँदा प्रधानमन्त्रीले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।