विश्व

कतारमा पहिलाे पटक मेट्रो रेल सञ्चालनमा



एजेन्सी, २६ बैशाख । कतारले पहिलो पटक मेट्रो रेल सेवा सञ्चालनमा ल्याएको छ ।

कतारले बुधबारबाट राजधानी दोहामा मेट्रो लाइनका केही भाग प्रयोगमा  आइसकेका छन्, जसमा १३ वटा स्टेशन खुलेका छन् ।

सन् २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गर्ने भएको छ उक्त विश्वकपलाई ध्यानमा राख्दै मेट्रो रेल सेवा सञ्चालनमा ल्याइएको बताइएको छ ।

आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुने मेट्रो सेवा बिहान आठ बजेदेखि रातिको ११ बजेसम्म चल्छ । सन् २०२२ को जुनरजुलाईसम्म पूर्णरुपमा सञ्चालनमा आउने मेट्रोको पूरा लम्बाइ तीन सय किलोमिटर  हुनेछ ।