Banner News

‘जय नेपाल’ पञ्चायती हुदैन भने ‘मेरो सरकार’ पनि राजावादी हुदैन : मन्त्री बाँस्कोटा



काठमाडौँ, २७ बैशाख । सुचना तथा प्रविधि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जय नेपाल भन्ने सबै पञ्चायती हुदैन भने मेरो सरकार भन्ने पनि राजावादी नहुने बताएका छन ।

बिहिबार नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले कसैले बोलेको बोली दोहोर्याउन नहुने भए प्रतिपक्षले पनि जय नेपाल भन्न नहुने बताएका छन् ।

उनले प्रहरी र सेनाले समेत जय नेपाल भन्ने गरेको बताउँदै जय नेपाल भन्ने सबै पञ्चायती नहुने र मेरो सरकार भन्नासाथ राजावादी नहुने बताएका छन् ।

नेपाली काँग्रेस एउटा शब्दको पछाडि लागेर शब्दको अतिरञ्जना गरेको भन्दै उनले नेपाली कांग्रेसले भन्ने गरेको जय नेपाल पनि राजा महेन्द्रले पञ्चायती शासन सुरुवात गर्दा भनेको बताएका छन् ।

२०१९सालमा श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् र जय नेपाल भन्दै राजा महेन्द्रले प्रतिनिधिसभाको बिघटन गरेको भन्दै नेपाली कांग्रेसले पनि जय नेपाल भन्न नहुने बताएका हुन् ।