काठमाडौँ, २८ बैशाख । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महाराद्वारा इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुश्लिम समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक विज्ञप्ती जारी गर्दै इस्लाम धर्मावलम्बीहरुले भव्य रुपमा मनाउने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको उल्लेख गर्नुभएको छ ।











प्रतिक्रिया दिनुहोस्