राजनीति

विभिन्न पार्टी परित्याग गरी सयौं युवा नेकपामा प्रवेश



काठमाडौँ, २९ बैशाख । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको लर्को नै लागेको छ ।

युवा संघ नेपाल काठमाडौँ छेत्र नं १ ले शनिवार बानेश्वरमा आयोजना गरेको बृहत भेलामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा, विप्लव समूह लगायतका ११३ भन्दा धेरै युवाहरु नेकपामा प्रवशे गरेका हुन ।

पार्टी प्रवेश गर्दै वर्तमान समयमा युवा तथा आम नेपालीको पक्षमा काम गर्ने एक मात्र पार्टी नेकपा भएकाले प्रवेश गरेको प्रवेशीहरुले बताएका छन् । नेपाली युवाको भाग्य र भविष्य निर्धारण गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानको नेतृत्व नेकपाको कुनै विकल्प नभएको समेत बताएका छन् । वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम युवा तथा आम नेपालीको पक्षमा रहेको बताउँदै राम्रो कामलाई राम्रो भन्न नसकि आँखा चिम्लीएर विरोधको मानसिकता मात्र बोकेको पार्टीबाट आफ्ने कुनै भविष्य नदेखेका कारण नेकपामा प्रवेश गरेको बताइएको छ ।

क्षेत्र नं. १ का अध्यक्ष अजय जंग शाहीको अध्यक्षतामा नवप्रवेशीहरुलाई स्वागत तथा प्रवेश गराउँदै युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष किरण पौडेल लगायतले नेकपामा प्रवेश गराउनुभएको थियो । कार्यक्रममा संघका अन्य पदाधिकारीका साथै केन्द्रीय सदस्य, जिल्ला कमिटी सदस्य का साथै बानेश्वरका समाजसेवी युवाहरुको सहभागी रहेको थियो ।