राजनीति

संघीयता र गणतन्त्रलाई समाप्त पार्न सक्ने त्रास प्रम ओली र राष्ट्रपति भण्डारीसँग : नेता थापा



दाङ, २९ बैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले संघीयतालाई समाप्त पार्न सक्ने त्रास प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्रलाई समाप्त पार्ने डर राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भएको बताउनुभएको छ ।

दाङको श्रीगाँउमा प्रजातान्त्रिक उद्यमीरउद्योगी ब्यबसायी संघ तुलसीपुरले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भन्नुभयो, ‘गणतन्त्र समाप्त गर्न नत पूर्ब राजाले गर्न सक्छन् नत बिप्लव नेतृत्वले गर्न सक्छ,डर त केवल दुई तिहाई बहमुत सरकारसंग मात्र भएको, त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको रवौयाको कारण डर पैदा हुन थालेको छ ।’

अहिलेको सरकारले मानव अधिकार आयोगमाथि हस्तक्षेप, निर्वाचन आयोग, लोकसेवा आयोग,नागरिक स्वतन्त्रमाथि हस्तक्षेप र पछिल्लो पटक प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने तयारी गरेको चर्चा गर्दै काँग्रेस नेता थापाले स्वतन्त्र हैसियत रहेका संबैधानिक अंगलाई अंकुश लगाउन दुई तिहाई बहुमत सरकार तत्पर रहेको आरोप लगाउनुभयो ।