राजनीति

डिजिटल नेपालले सम्पत्तीमा शुद्धता तथा वित्तिय अनुशासन कायम गराउँछ : सांसद बस्नेत



भक्तपुर, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सरकारले लिएको डिजिटल नेपालको अभियानले सम्पूर्ण मानिसको सम्पत्तीमा शुद्धता तथा वित्तिय अनुशासन कायम गराउने बताउनुभएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका राधेराधे स्थित सिद्धार्थ बैंकको १५३औं शाखाको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले बैंकिङ प्रणाली नै वर्तमान समयको आर्थिक तथा सामाजिक पारदर्शीताको मुख्य आधार भएको बताउनुभयो । उहाँले सरकारले एक व्यक्ति एक खाता अनिवार्य भन्ने अभियान सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा सरकारले विभिन्न व्यक्ति वा संस्थालाई प्रदान गर्ने कुनै पनि सेवा सुविधाहरु बैंकिङ प्रणाली अनुसारमात्र भत्तानी गर्ने बताउनुभयो ।

सांसद बस्नेतले विकासको केन्द्रको रुपमा भक्तपुर स्थापीत हुने भन्दै देशमा नै राजगारीको व्यवस्था गर्न सरकराले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, बैदेशीक रोजगारीबाट फर्केकालाई ऋण, महिला, दलित, भुकम्प पिडित, कृषी लगायतमा सहुलियत दरमा ऋणको व्यवस्था गरेको जानकारी गराउनुभयो ।

सरकारले वित्तिय व्यवस्थापनलाई सरकारले व्यवस्थित गर्दै लगेको बताउँदै सांसद बस्नेतले सरकारले हरेक नेपालीको अनिवार्य एक बैंक खाता भन्ने अभियान शुरु गरेको जसमा बैंकमा खाता खोल्दा उल्टै एक सय रुपौंया खातामा डिपोजिट हुने जानकारी गराउनुभयो । उहाँले सरकारले ल्याएको स्वास्थ्य वीमा, भुकम्प पिडितलाई अनुदान, वृद्धभत्ता, शैक्षिक कर्जा लगायतका सम्पूर्ण बैंक खाता मार्फत मात्र भुत्तानी हुने बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले विधि र प्रकृयाको वारेमा जानकारी नहुदाँ वैध सम्पत्तीलाई समेत अवैध बनाउने गरेको बताउँदै विभिन्न तस्करीले अशुद्ध सम्पत्तीलाई शुद्ध बनाउने गरेको तर सामान्य मानिसले जानकारी नहुँदा सम्पत्ती अशुद्ध बनाउने गरेको बताउनुभयो ।

अस्थितर राजनीतिका कारण वित्तिय व्यवस्थापनका कामहरु सामान्य रुपमा मात्र भइएको बताउँदै उहाँले हनुमन्ते नदीको करिडोर निर्माण सँगै बाढीमुक्त भक्तपुर बन्ने बताउनुभयो । उहाँले करिडोर यो आर्थिक वर्षमा करिव तीन किलोमिटर निर्माण सम्पन्न भइसकेको र आगामी तीन वर्षमा निर्माण सम्पन्न गरिसक्ने बताउँदै करिडोर निर्माण सम्पन्न भए पश्चात अरनीको राजमार्गको समानान्तर सडक बन्ने र कोटेश्वर–जडिवुटीको सवारी जाम स्थायी रुपमा समाधान हुने बताउनुभयो ।

सांसद बस्नेतले भक्तपुरको विकास र समृद्धि सँगै आधुनिक वस्तीको विकास समेत तिव्र हुने बताउँदै भक्तपुरमा सडक, शिक्षा, स्थास्थ्य, भौतिक संरचना, बैकिङ्, ढल, खानेपानी, पर्यटन, धार्मिक, कला, संस्कृति, खेलकुद लगायतका क्षेत्रमा उल्लेख्य विकास भइरहेको जानकारी गराउनुभयो ।

उहाँले जनताको साथ जनताकै विकास भएको बताउँदै भक्तपुरमा निर्माणको प्रकृयामा रहेको राष्ट्रिय गौरवका आयोजनाहरुलाई निर्धारित समयमा नै सम्पन्न गराउन सवै राजनीतिक दल, स्वाथनीवासी तथा संघ संस्थाहरु एक ढिक्का भई लाग्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले भक्तपुरमा निर्माणको प्रकृयामा रहेका रंगशाला, प्राणाी उद्यान केन्द्र, सभागृह, आधुनीक वीर अस्पताल, स्मार्ट सिटी लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सम्पन्न गराउनु नै भक्तपुरमा विकासको मुहार फेर्नु भएको बताउनुभयो ।