काठमाडौँ, २९ बैशाख । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताउनुभएको छ ।
संघिय संसदमा आइतबारबाट सुरु भएको प्रि(बजेट छलफलमा भाग लिँदै डा. भट्टराईले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै अध्यक्ष डा. भट्टराईले सुशासन, शान्ति सुरक्षा र आर्थिक बृद्धिदर सरकारले दाबी गरे जस्तो अवस्थामा नरहेको पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘पछिल्लो तीन वर्षमा आर्थिक बृद्धिदर सुधारोमुख देखिएको छ । यो सकारात्मक कुरा हो । त्यो कुन आधारमा भएको छ । त्यसले निरन्तरता पाउने अवस्था छ कि छैन ।’
अध्यक्ष भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयमले आफैमाथि न्याय नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेटका सिद्धान्त र प्राथमिकतामा विद्वान अर्थमन्त्रीले आफैँमाथि न्याय गर्नुभएको जस्तो देखिएन । आगामि दिनमा दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने सकिने आधार के छ भन्ने विषयमा सोच्न आवश्यक हुन्छ । कहिले काँही मान्छे मोटाउँदा अत्यन्त मोटाएछ भने खुसी मनाउनु पर्ने हुन्छ । तर मान्छे कतिपय रोगको कारणले पनि मोटाएको हुन सक्छ । त्यसैले संरचनागत आधारको ठीक ढंगले पहिचान भएन भने शून्यको मोटाइ हुन्छ ।’
तीब्र विकासको कुरासँगै आत्मनिर्भर अर्थतन्त्रको पनि कुरा सकारात्मक पक्ष भएको पनि बताउनु भयो । तर, यथार्थ के छ त भन्ने प्रश्न अवश्य पनि आसक्ने पनि बताउनु भयो । हामीलाई तिब्र विकास र आधुनिकवाद चाहिएको पनि बताउनुभयो ।
उहाँले तराई मधेसलाई पहिलो प्राथमिकता दिनु पर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिमाल, पहाड तराई सबैको सन्तुलित विकास गर्नुपर्छ । तर हामीले लगानी गर्दा जहाँ छिटो प्रीतफल आउँछ त्यहाँ पहिले लगानी गर्ने हो । त्यो प्रतिफले पछाडि परेकोलाई तान्ने हो । प्रतिफल कम आउने ठाउँमा लगानी गर्दा अर्थतन्त्र कम्जोर हुन्छ ।’ त्यसैले अहिले हामीले तराई-मधेसमा नै पहिलो प्राथमिकता दिने हो । किनकि त्यहाँ जुन खालको उर्वर भूमि छ, राम्रो खालको सिँचाई गर्ने सकियो भने त्यहाँ उद्योगधन्दामा लगानी गर्ने वातावरण पनि छ, जनशक्ति पनि छ, सबै हिसाबले हामीले पहिलो तराई मधेसको विकासमा जोड दिने हो र पहाड र हिमालकोमा ध्यान दिने हो । यस कुनै प्रकारको दुविधा राख्नु हुँदैन ।’










प्रतिक्रिया दिनुहोस्