समाचार

प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ



काठमाडौँ, ३० बैशाख । प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् ।

बा५ख७३९७ नम्बरको टिपरका चालक काठमाडौँ महानगरपालिका-१ रानीवनस्थित निषेधित क्षेत्रमा टिपर लगेको र स्थानीयसँग विवाद गरिरहेको अवस्थामा प्रहरी पुगेपछि उम्किनका लागी धादिङ थाक्रे रानीबनका दिपक राउतले घुस दिन खोजेको प्रहरीले बताएको छ ।

राउतले महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई  घूस दिन खोजेपछि उनलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।