काठमाडौँ, ३१ बैशाख । नेकपा सांसद योगेश भट्टराईले एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने सरकारी विद्यालयलाई संघीय सरकारले ५ करोडसम्म अनुदान दिन सुझाव दिएका छन् ।
सोमबार संसदमा भएको प्रि-बजेट छलफलमा भाग लिँदै भट्टराईले एसईई ‘ए’ प्लस ल्याउने सरकारी विद्यालयलाई अनुदान दीदा शिक्षा क्षेत्रमा आमुल परिर्वतन हुनसक्ने उनको दाबी रहेको छ ।
भट्टराईले आगामी बजेटमा विकास बजेट खर्च गर्ने स्थानीय तहलाई पुरस्कारको व्यवस्था गर्न सुझाव दिएका छन् । उनले पूँजीगत खर्च ९० प्रतिशत कार्यान्वयन गर्ने गाउँपालिकालाई १५ र नगरपालिकालाई २० करोड अनुदान संघीय सरकारले दिनुपर्ने बताउदै उनले भने, ‘यसो भएमा गाउँपालिका र नगरपालिकामा प्रतिस्पर्धा हुन्छ र विकास बजेट खर्च हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्