राजनीति

प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सहयोग गर्छु : अध्यक्ष तिमिल्सिना



काठमाडौँ, ३१  बैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयकमा समावेश गरिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

अध्यक्ष तिमिल्सिनाले सोमबार सिंहदरबारमा नेपाल पत्रकार महासंघको नेतृत्वसँग सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै त्यस विधेयकलाई पारित गराउने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष तिमिल्सिनाले लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पुरक भएकाले त्यसको विरुद्धमा जाने कामलाई संघीय संसदले आफ्नो विधि र प्रक्रिया भित्रै रहेर सच्याउनेमा विश्वास लिएको बताउनुभयो । उहाँले त्यस विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउनका लागि संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय सभाका सांसदहरुलाई आग्रह गर्न पनि महासंघको नेतृत्वको ध्यानाकर्षण गराउनु भयो ।