काठमाडौँ, ३१ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा तथा विद्यार्थी दिवस जेष्ठ १ गतेको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
युवा संघ नेपालको २९औं स्थापनाको अवसरमा संघले आफु मातहतका सम्पूर्ण कमिटीहरु परिचालित गर्दै आवश्यक व्यवस्थापनको तयारी करिव पूर्ण रुपमा सम्पन्न भएको संघका कार्यालय प्रमुख तथा कार्यक्रम आयोजनाका प्रचार प्रमुख सुमन पुरीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार युवा विद्यार्थीको स्थापना दिवसलाई ऐतिहासिक बनाउन जेष्ठ १ गतेको लागि आर्थिक, सामाजिक, मानसिक, भौतिक लगायतका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
आज संघका केन्द्रीय सदस्य सन्तोस सिलवालको नेतृत्वमा संघको स्थापना दिवस भव्यताका साथ सम्पन्न गर्न स्वयम्भू, डल्लु, सितापाईला, रामकोटका अगुवा युवा कार्यकर्तासँग भेला सम्पन्न भएको छ । कर्मसिंह सिवाकोटीको अध्यक्षतामा भएको उक्त भेलाले स्थापना दिवसमा करिव ४०० युवा जुटाउने गरि तयारी गरिएको छ ।
राष्ट्रिय सभा गृहमा आगामी जेष्ठ १ गते १२ बजे हुने कार्यक्रमलाई ऐतिहासिक रुपमा मनाउन नेकपाका युवा तथा विद्यार्थी संगठनले आ–आफ्नो संगठनलाई देशै भरी परिचानल गरेको छ । त्यस्तै संघले भोली स्थापना दिवसकै अवसरमा दैड प्रतियोगीता समेत गर्ने भएको छ । त्यस्तै १ गते विहान प्रभातफेरी गर्दै स्थापना दिवस भव्य एवं ऐतिहासिक बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।










प्रतिक्रिया दिनुहोस्