समाचार

उपभोग्य वस्तुमा कृत्रिम अभाव : मूल्य बढाउन चलखेल



काठमाडौँ, ३१ बैशाख । व्यापारीले उपभोग्य वस्तुको कृत्रिम अभाव देखाई व्यापक मात्रामा मूल्यवृद्धि गरेका छन् ।

संसदमा प्रि–बजेटको छलफल चलिरहँदा केही वस्तुमा राजस्व बढ्ने भन्दै व्यापारीले कृत्रिम अभाव देखाएर चर्को मूल्य असुलिरहेका छन् । बजेटबाट विलाशिताका वस्तु, सुर्ति तथा मदिराजन्य बस्तुमा लाग्ने भन्सार महशुल बढ्न सक्ने सम्भावना छ । व्यापारीहरुले बजेट आउन अघि नै मूल्य बढ्ने भन्दै आयात भइसकेको वस्तु लुकाएर कृत्रिम अभाव गराइरहेका छन् ।

बजेट मार्फत सुर्ति तथा मदिरा जन्य वस्तुमा राजश्वको दर बढाउने अनुमान सहित व्यापारिहरुले यस्ता वस्तु लुकाएर कृतिम अभाव गरेका हुन् । अहिलेबजारमा चुरोटको प्रतिखिल्ली ८ रुपैयाँ सम्म मूल्य बढेको छ । मध्यपानमा प्रति बाकस ३ सय रुपैयाँ सम्मको मूल्य वृद्धि छ ।

कालाबजारी सम्बन्धी ऐनले कुनै वस्तुको कृत्रिम अभाव देखाई नाफा कमाउने उद्धेश्यले मूल्य बढाएको पाइएमा एकवर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । तर हरेक वर्ष बजेट आउने वेलामा बजारमा खुलेआम कालाबजारी भइरहदा पनि अनुगमनकारी निकायकै वेवास्ताले उपभोक्ता ठगिन बाध्य छन् ।