समाचार

घरको छतबाट लडेर किशोरीको मृत्यु



सुनसरी, ३१ बैशाख । सोमबार राति घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको राति ९ छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । लडेर गम्भीर घाइते भएकी शर्माको उपचारकाक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।