काठमाडौँ, ३१ बैशाख । कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मंगलबार बिहान टीकापुरबाट नारायणपुरतर्फ जाँदै गरेको से१त१११६ नम्बरको ट्रयाक्टर लम्कीपुलमा दुर्घटना हुँदा चालक जानकी गाउँपालिका ५ पथरैयाका ३५ वर्षीय धनबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इँटा बोकेर जाँदै गरेको उक्त ट्रयाक्टरमा चालक मात्रै रहेको बुझिएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्