समाचार

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते



विराटनगर, ३१ बैशाख । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

सोमबार राति करिब १ बजे परेको चट्याङ रतुवामाई नगरपालिका–४ स्थित कटघरामा स्थानीय ५० वर्षीया सन्जुदेवी गनगाई सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै सन्जुदेवीका परिवार सदस्य ५० वर्षका बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरि दुवै जना मंगलबार बिहान घर फर्किसकेको प्रहरीले जनाएको छ ।