समाचार

आज देशभर मेघगर्जनसहित पानी पर्ने



काठमाडौँ, २ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भूभागमा बिहीबार दिउँसोपख मेघ गर्जनसहति पानी पर्ने जनाएको छ ।

बिहीबार पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभएको छ ।

बुधबार र बिहीबार पश्चिममा पश्चिमी वायु तथा मध्य तथा पूर्वमा विकास भएको न्यूनचापीय प्रणालीको कारणले देशको मौसममा बदली भएको हो । देशको पूर्वी तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशको पूर्वी तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

देशको पूर्वी भू-भाग तथा मध्य र पश्चिमी पहाडी भु-भागमा आंशिक बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । शुक्रबारदेखि भने मौसम दुई–चार दिन सफा हुने बासीको भनाई छ ।