सिन्धुली, २ जेठ । चट्याङ लागेर सिन्धुलीको तिनपाटन गाउपालिका–७ आरुबोटेका तीन जना घाइते भएका छन् ।
बुधबार दिउसो पानीसँगै परेको चट्याङ लाग्दा तिनपाटन गाउपालिका–७ आरुबोटेका ज्ञानबहादुर मसराङ्गी मगर, उखमाया लामिछाने र सितामाया सार्की घाइते भएका हुन् ।
गम्भीर घाइते सार्कीलाई गएराति नै काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । लामिछाने र मसराङ्गी सामान्य उपचारपछि घर फर्किएको प्रहरी जानकारी दिएको छ । त्यस्तै चट्याङ लागेर पाँचवटा पशु चौपायको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्