समाचार

चाँगुनारायण नगरपालिका सरसफाई अभियानमा नियमित जुट्दै



भक्तपुर, ३ जेठ । नवराज काफ्ले । चाँगुनारायण नगरपालिकाले पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउने उद्धेश्य हेतु नगरपालिका भित्र नियमित सरसफाई अभियानको शुरुवात गरेको छ ।

२०७६ वैशाख ०७ गते शनिवार देखि प्रत्येक शनिवार विहान ठीक ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिने सफाई अभियानमा स्थानीय संघ–संस्थाहरु लगायत सफाई अभियानप्रेमीहरुको उत्सहाजनक सहभागीता रहेको छ । चाँगुनारायण मन्दिर परिसरबाट शुभारम्भ भएको सरसफाई अभियान दोस्रो हप्ता दुवाकोट, तेस्रो हप्ता सुडाल र चौथो हप्तामा बागेश्वरीमा सम्पन्न भैसकेको र सो कार्यक्रमहरुमा ३९ वटा संघ संस्थाहरुको स्वस्र्फूत सहभागीता रहेको नगर उप–प्रमुख विना वास्तोलाले बताईन ।

सरसफाई कार्यक्रममा नगर प्रमुख सोमप्रसाद मिश्रले चेतनाको हिसावले हामी एकचरण सम्झाउदै नगरपालिका भर फोहोर व्यवस्थापन गर्ने कार्यक्रम लिएर आएका छौ । दोस्रो चरणबाट मात्र कार्वाहीको प्रक्रिया अगाडी बढाउने विषयमा आफ्नो स्पष्ट धारणा राख्दै स्वच्छ, सुन्दर नगरपालिका बनाउने अभियानमा सरिक हुन सम्पूर्ण स्थानीय संघ संस्थाहरु, नगरबासीहरुलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा मिश्रले नगरपालिकाको फोहोर व्यवस्थापन तथा सरसफाई कार्य गर्न जिम्मेवारी तोकिएका संस्था एवं नगरपालिका समक्ष अनिवार्य सदस्यता लिई सो कार्यमा सहयोग गर्न सम्पूर्ण नगरबासी समक्ष अपिल समेत गर्नु भएको छ । आगामी हप्ताको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैटोकामा जम्मा भै ०७६ जेष्ठ ४ गते विहान ठीक ७ बजे बाट सरसफाई कार्यक्रम गरिने चाँगुनारायण नगरपालिका कार्यलयका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि तिमल्सिनाले अवगत गराउदै सम्पूर्ण सफाई अभियान प्रेमीहरुलाई सहभागीताको लागि आहवान समेत गर्नु भएको छ ।