काठमाडौँ, ३ जेठ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औं स्मृति दिवस देशचर विविध कार्यक्रम गरी मनाईदैछ ।
भण्डारी र आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो ।
नेपाल बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण रहेको छ । आज नेपाल कम्युनिष्ट पार्टी र उसका भातृसंगठनहरुले देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् । गत वर्ष आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।
दिवसका अवसरमा शुक्रबार तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका अन्य नेता पनि सहभागी हुने तयारी छ ।
विक्रम संवत् २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्