समाचार

आगलागीबाट ७ करोडको क्षति : दुई जना घाइते



दोलखा, ३ जेठ । चरिकोट बसपार्कमा गए राति आगलागीबाट घर जलेर नष्ट हुँदा सात करोड रुपैयाँ बराबरको क्षति भएको छ भने दुई जना घाइते भएका छन् ।

भिमेश्वर नगरपालिका–३ बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहान टायर रिसोलिङ सेन्टरमा आगलागी भएको हो । आगलागीबाट खत्रीकी श्रीमती राधा र राजु खत्री घाइते भएका छन् ।

गोदामको पहिलो तलामा रहेको ट्युब, टायर, मोबिल तथा दोस्रो तलामा रहेको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा भिमेश्वर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।