एजेन्सी, ३ जेठ । इजिप्टको उत्तर र मध्य सिनाइमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ जना मारिएका छन् ।
इजिप्टको सेनाले दिएको जानकारी अनुसार उनीहरुले लडाकूका २९ स्थानमा रहेका आश्रयस्थल ध्वस्त पारेका बताइएको छ । सरकारी सेनाले ९७ कार, विस्फोटक पदार्थ, आक्रमणका लागि तयारी अवस्थामा राखिएका अन्य सामग्रीहरु पनि नियन्क्रणमा लिइएको सेनाद्वारा जारी वत्तव्यमा उल्लेख छ ।
सेनाले घटनास्थलबाट खोजीको सूचीमा रहेका तथा अपराधी गरी १५८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । गोली हानाहानको त्रममा दुई सरकारी अधिकारी र तीन सैनिकहरु पनि मारिएका छन् भने चार सुरक्षाकर्मी मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस्