काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको बताएका ।
शुक्रबार कोटेश्वरमा २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले खोजी तथा छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताउदै उनले भने, ‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।










प्रतिक्रिया दिनुहोस्