काठमाडौँ, ३ जेठ । मिडिया काउन्सिलसम्बन्धी विधेयकको संसद अगाडि विरोध प्रदर्शन भएको छ ।
आज शुक्रबार संसद भवन अगाडि आन्दोलित नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन ।
उक्त विरोध कार्यक्रममा नागरिक अगुवाका साथै विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुको उपस्थिति साथ पत्रकारहरुले प्रयोग गर्ने सामग्रीहरुको समेत प्रदर्शन गरिएको छ ।
आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्