राजनीति

लुम्बिनी विश्व कै सम्पदा हो : मुख्यमन्त्री पोखरेल



काठमाडौँ, ३ जेठ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी विश्व कै सम्पदा रहेको बताएका छन ।

नेपाल फोटो पत्रकार महासङ्घले आजदेखि शुरु गरेको लुम्बिनीभ्रमण वर्षको सन्दर्भमा फोटो प्रदर्शनी गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी भ्रमण वर्षको आरम्भले लुम्बिनीलाई स्थापित गराउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै लुम्बिनी विश्व कै सम्पदा रहेको बताएका छन ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी आसपासमा बुद्धकालीन सभ्यतासँग सम्बन्धित १० स्थान रहेको र त्यसमा पनि सबैभन्दा बढी कपिलवस्तुमा रहेको बताउदै तिलौराकोट उत्खननको काम पनि अघि बढेको बताए । उक्त प्रदर्शनीमा प्रदेश नं ५ मा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ ।