रोल्पा, ४ जेठ । नेत्रविक्रम चन्द विप्लव समुहका रोल्पा इन्चार्ज सहित ३ जना नेता तथा कार्यकर्ता हतियार सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इन्चार्ज जयबहादुर रोका (प्रताप), सुनछहारी गाउँपालिका इन्चार्ज टाइगर भनिने धनबहादुर खत्री र इलाका इन्चार्ज भुपेन्द्र खड्का ९गोरे० रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानएको छ । उनीहरुको साथबाट एउटा कुटुवा पेस्तोल, ३०३ राईफलको १४ राउण्ड गोली, अन्य ११ राउण्ड गोली र एउटा खुकुरी बरामद गरेको छ ।










प्रतिक्रिया दिनुहोस्