विराटनगर, ४ जेठ । विराटनगरको एक पेट्रोलपम्पमा सिलबन्दी गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडर्समा शिलवन्दी गरेको हो ।
गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा आज सिलबन्दी गरेको हो । जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रति पाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरी रहेको पाइएपछि शिलवन्दी गरिएको बताइएको छ ।
यसैबीच सिलबन्दी गरिएको पर्म्पलाई नापतौल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरिने भएको छ ।










प्रतिक्रिया दिनुहोस्