ओखलढुङ्गा, ५ जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिको जग बसाइसकेको बताउँदै आगामी दिनमा सरकारले समृद्धिको महल बनाउने उद्घोष गर्नुभएको छ ।
ओखलढुङ्गाको रुम्जाटारमा नवनिर्मित बौद्ध गुम्बाको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल जनतालाई सुखी र धनी बनाउँदै समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने अभियानमा सरकार दैडिएको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारले अहिलेसम्ममा समृद्धिको जग बसाउने काम गरेको छ । अब समृद्धिको महल बनाउन सरकारको ध्यान केन्द्रित हुनेछ, हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा जनतालाई ढाँट्न लगाएको होइन, जनतालाई सुखी र देशलाई धनी बनाउने अभियानमा जुट्न र सबै नेपालीलाई सम्पन्न बनाउन भनिएको हो ।’
नेकपाको सरकार गठनपछिको एक वर्ष सङ्घीयता कार्यान्वयन र आवश्यक कानून निर्माण गरेर जग बसाउने काम गरेको बताउँदै मन्त्री पोखरेलले जनतासँग गरेका वाचा पूरा गर्न सरकार तयार रहेको बताए । निर्वाचनमा गरेका वाचाअनुसार अघि बढ्न र शिर झुकाएर जनतासँग परीक्षा दिन सरकार तयार रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्