काठमाडौँ, ५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विधेयक राष्ट्रियसभाबाट पारित नहुने स्पष्ट पार्नु भएको छ ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले उक्त विद्येयक राष्ट्रिय सभामा नआएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘विधेयकमा कुनैपनि वाक्यमा प्रेसलाई कुण्ठित गर्ने, वञ्चित गर्ने र संकुचन गर्ने खालेको आयो भने हामी त्यसलाई पारित नै गर्दैनौं ।’
शर्माले मिडिया पनि मर्यादित बन्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘नेपाली समाजलाई समुन्नत समाज निर्माण गर्न मिडियाको ठूलो भूमिका हुन्छ । सबै मिलेर अघि बढ्नुपर्छ । संविधान विपरितका कुनैपनि ऐन तथा कानूनहरु पारित हुँदैन ।’










प्रतिक्रिया दिनुहोस्