मकवानपुर, ५ जेठ । मकवानपुरबाट १२० किलो लागू औषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी पवन कुमार झाको कमाण्डमा खटिएको संयुक्त टोलिले नवलपुरस्थित सडक खण्डमा चेकजाँचको क्रममा राक्सिराङ गाँउपालिका-३ का २८ वर्षीय सुकुलाल थिङ र चितवन भरतपुर महाँनगरपालिका-१३ गितानगर बस्ने ३१ वर्षीय नमराज दर्जीलाई पक्राउ गरेको हो ।
चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना३ख३७१५ नम्बरको हरियो सेतो रंगको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्दा सो ट्रकभित्र बिजय लेखेको कुखुराको दानाको सेतो बोराहरूमा लुकाई राखेको ११ वटा पोकामा लागू औषध गाँजा १२० किलो फेला पारेको प्रहरीले बताएको छ ।
पक्राउ परेका उनिहरुसहित गाँजा, ट्रकसमेत बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्