रोचक

भारतमा टाउको जोडिएकाले गरे छुट्टा छुट्टै मतदान



एजेन्सी । भारतमा जारी चुनावमा टाउको जोडिएका सबा र पराह नाम गरेका दुई जनाले  भोट हालेका छन् ।

सबा र पराहले यो पटक अलग अलग भोट हालेको भारतीय सञ्चाार माध्यमले जनाएको छ । यो भन्दा पहिला उनीहरुलाई एक मात्र भोट हाल्ने अधिकार रहेको थियो । तर यस पटक भने उनीहरुले फरक (फरक भोट हाल्न पाउने अधिकार पाएका छन् ।

यसरी भोट दिन पाउदा उनीहरु निकै खुसि भएका छन् । उनीहरुले फरक फरक मतदाता पत्र पाएका छन् । पटनामा मतदानलाई लिएर जागरुकता फैलाउनका लागि संचालन गरिएको ट्विटर हैंडलले सबा र पराहका तस्वीर ट्वीट गरेको मिडियाले जनाएको छ ।

२२ वर्ष अगाडि पटनामा सबा र पराह टोउको एकै ठाउँमा भएको जन्मिए । केही समय पहिले दिल्लीका एक अस्पतालमा अप्रेसन गरी अलग गर्न लागेको थियो । तर टाउको छुटाउन सफल भएन । दुबै जनाको टाउको जोडिएको छ तर अरु शरीर भने अलग अलग नै छ ।