Banner News

अविश्वास सिर्जना गर्नेहरु जसको एक थोपा गणतन्त्र ल्याउन भूमिका छैन : प्रधानमन्त्री



काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाएका छन ।

सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अविश्वास सिर्जना गर्नेहरु जसको एक थोपा पनि गणतन्त्र ल्याउन भूमिका छैन, अहिले हामीलाई लोकतन्त्र सिकाइरहेका छन् ।’

प्रधानमन्त्री ओलीले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताउदै उनले भने, ‘एकवर्षमा कति फरक भयो । अर्को वर्ष हेर्नुस् कति फरक हुन्छ’ उनले भने ‘यही हुन्छ भनेर छटपटी भएको छ ।’

नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने बताउदै भने ‘नेपालजस्तो सानो देशले दुनियाँका मञ्चमा पनि भूमिका देखाउने हो र भन्ने प्रश्न गरिन्छ ।’

पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना सुरु गरेको छ ।